तीन दिनपछि हुम्लामा पुनः हवाई उडान शुरू

हुम्ला – हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः शुरू भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण आज मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । आज नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् । आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै...

Source : https://ujyaaloonline.com/story/108474/2024/11/4/flights-resume-in-humla-after-three-days-