दसैँमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन
काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले दसैँलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजना गरिएको वडादसैँको शुभकामना आदानप्रदानमा मन्त्री यादवले भने, ‘हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो। चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला।’ उहाँले हाल विपद्को […]