मन्त्रीको राजीनामा प्रकरण : मानव तस्करीमा मुछिए अधिकारी
विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री पदबाट राजीनामा दिएका लिलाबल्लभ अधिकारीमाथि मानव तस्करीको आरोप लागेको छ । आफू जापान जाँदा तीन जना असम्बन्धित व्यक्तिलाई पनि सँगै लैजान भूमिका खेलेको आरोप उनीमाथि लागेको हो