दिल्ली क्यापिटल्सले मिचेल मार्शको ठाउँमा अफगानिस्तानका अलराउन्डरलाई अनुबन्ध गर्‍याे

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली दिल्ली क्यापिटल्सले अस्ट्रेलियाका मिचेल मार्शको स्थानमा अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ । चोटका कारण मिचेल मार्श बाहिरिएकाले अफगानिस्तानका अलराउन्डर गुलबदिनलाई आईपीएलको बाँकी खेलका लागि अनुबन्ध गरेको दिल्लीले जनाएको छ । उनी ५० लाख भारुको आधार मूल्यमा दिल्लीमा सामेल भएका छन् । गुलबदिन आईपीएल खेल्नका लागि पहिलो पटक छनोट भएका हुन् । मार्श चार खेल खेलेपछि चोटका कारण आईपीएलबाट बाहिरिएका थिए । ३२ वर्षीय मध्यम गतिका बलिङ अलराउन्डर गुलब...

Source : https://ujyaaloonline.com/story/101093/2024/4/26/dc-sign-gulbadin-as-replacement-for-marsh