दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाद्वारा शपथ

काठमाण्डौ – दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिनुभएको छ । उहाँले  उपराज्यपाल भीके सक्सेनासामु पद तथा गोपनीयताको शपथ लिनुभएको बीबीसी हिन्दीले जनाएको छ । तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । मुख्यमन्त्री आतिशीसँगै अरु पाँच जना मन्त्रीले पनि शपथ लिएका छन् । पाँच मध्य चार जना अरविन्द केजरीवाल नेतृत्वको सरकारकै मन्त्रीहरु रहेका छन् ।    

Source : https://ujyaaloonline.com/story/106877/2024/9/21/oath-by-delhi-chief-minister-atishi-marlena-