दुर्गा प्रसाईं पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रम फैलाएको आरोप
काठमाण्डाै – व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध कसूरमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर अर्थात् झन्डै ३२ अर्ब नेपाली रुपैयाँ लगानी रहेको भन्दै प्रसाईंले हिजो बेलुका केही कागजात सार्वजनिक गरेका थिए । देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिको नाम र हस्ताक्षर कीर्ते गरेर गलत विवरण तयार पारी भ्रम फैलाएको भन्दै सीआईबीको टोलीले प्रसाईंलाई उनको घ...
Source : https://ujyaaloonline.com/story/109004/2024/11/19/durga-prasai-arrested-in-fake-documents-case