दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो

काठमाडौँ।

साइबर अपराध गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइएको छ । आइतबार दिउँसो आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई हिरासतमा राख्ने अनुमतिका लागि अदालतमा पेस गरेको हो।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ।

भक्तपुरबाट उनलाई साइबर ब्युरो लगिएको थियो। त्यहाँबाट अस्पताल लगेर उनको मेडिकल जाँच भएपछि प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो।

Source : https://newsofnepal.com/2024/09/22/669301/