देशभर बिहान बेलुका चिसो बढ्न थाल्यो, तापक्रममा पनि कमी

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका विस्तारै चिसो बढ्न थालेको छ । पछिल्लो केही दिन यता काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम विस्तारै घट्न थालेसँगै चिसो पनि बढ्न थालेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम ३०/३१ डिग्री सेल्सियस हुने गरेकोमा अहिले २८/२९ डिग्री सेल्सियमा झर्न थालेको छ । त्यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतमा तापक्रम पनि१६ डिग्री सेल्सियमा झरेको छ । त्यस्तै विराटनगरमा अक्टोबर आठ अर्थात् यही २२ गते अधिकतम तापक्रम ३३ डिग्री भएकोमा अहिले ३१ डिग्री ...

Source : https://ujyaaloonline.com/story/107770/2024/10/14/started-to-get-cold-