नारिता, दोहा र दुबईमा नेपाल एयरलाइन्सको उडान समय परिवर्तन
काठमाडौं – नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।
भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतक लागि बन्द हुनेछ । विमानस्थल बन्द हुने भएपछि नेपाल एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरेको छ । जस अनुसार काठमाडौं-नारिताको राति ११ः५० को उडान ९ः१५ बजे सारेको छ । ११ बजेको काठमाडौं-दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।
काठमाडौं-दुबईको राति ११:१५ को उडान परिवर्तन गरेर ९:३५ मा तय गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौं अवतरण हुने समय पनि परिवर्तन भएको छ । यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११:२५ मा काठमाडौंमा अवतरण हुन्थ्यो । अब ९:२५ मा आइपुग्नेछ ।
The post नारिता, दोहा र दुबईमा नेपाल एयरलाइन्सको उडान समय परिवर्तन appeared first on Samudrapari.