नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी को छैठौ विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा खेलकुद महासंघ कोशी प्रदेश कमिटीको झापाको दमकमा भएको छैठौ विस्तारित बैठकले तीन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका बिकल पौडेल र दुहबीका रमेश बाबु थापालाइ सह संयोजकको जिम्मेवारी तोकेको हो ।

युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुद चेत्रलाई चुस्त दुरुस्त बनाई अधिवेशन मार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।

The post नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95143/