नेपाल प्रहरीका चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस

काठमाडौं ।

नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह स्वास्थ्य उप समूह चिकित्सक तर्फ रिक्त रहेको तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पदमा सोही समूह र उपसमूहका तीन जना प्रहरी बरिष्ठ उपरीक्षक( एसएसपी) बढुवा सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले डा.दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा.संजिता दाहाल ९घिमिरे०लाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरीका अनुसार यी तीन जना नै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् ।

Source : https://newsofnepal.com/2024/11/18/678665/