नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौं ।

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल वर्षाले प्रभावित बनेको हो।

हाल वर्षा रोकिएको र खेल निर्धारित समय भन्दा करिब एक घण्टा ढिला सुरु हुने बताइएको छ। समूह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो।

त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ। हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो।

Source : https://newsofnepal.com/2024/04/15/638209/