पहिलो एकदिवसीयमा बङ्गलादेशमाथि अफगानिस्तानको जित

काठमाडौं ।

बङ्गलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ।

गए राति सम्पन्न खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ९२ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको २३६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश ३४.३ ओभरमा १४३ रनमा अल आउट भयो। बङ्गलादेशलाई आलआउट गर्ने क्रममा अफगानिस्तानका बलर एएम घजानफारले ६ विकेट लिएका थिए।

यसअघि पहिला ब्याटिङ गर्दै ४९.४ ओभरमा अल आउट हुँदै २३५ रन बनाएको थियो। ७१ रनमा ५ विकेट गुमाएको अफगानिस्तानका लागि मोहम्मद नवीले ८४ रन र कप्तान हाश्मतुल्लाह शाहिदीले ५२ रन बनाएर पारी सम्हालेका थिए। अब सिरिजको दोस्रो खेल शनिबार हुने छ।

Source : https://newsofnepal.com/2024/11/07/676946/