पोखरामा सहकारीपीडित र रवि समर्थक आमनेसामने, दुई पक्ष नाराबाजीमा

काठमाडौं – पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखराको सडक तातिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहकारीका पीडित बचतकर्ता र रास्वपाका नेताकार्यकर्ताले नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् ।

सहकारीपीडितले रास्वपा सभापति लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् । त्यस्तै, लामिछाने पक्षधरले सहकारीपीडितलाई ‘परिचालित’ भनेका छन् ।

रास्वपाका नेताकार्यकर्ताले ‘फासिस्ट सरकार मुर्दावाद’, ‘सहकारीपीडितलाई न्याय देऊ’जस्ता प्लेकार्ड पनि बोकेका छन् । दुई पक्षबीच सम्भावित झडपलाई मध्यनजर गर्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post पोखरामा सहकारीपीडित र रवि समर्थक आमनेसामने, दुई पक्ष नाराबाजीमा appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491238/