प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता 

न्युयोर्क ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता भएको हो।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ।  प्रधानमन्त्री ओलीले भेटवार्ता फलदायी भएको बताएका छन् । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो।

Source : https://newsofnepal.com/2024/09/23/669390/