प्रधानमन्त्री केपी ओली बिरामी
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । हिजो दिउँसोदेखि ओलीलाई हलुका ज्वरो आएको र अफ्ठेरो महसूस भइरहेको उहाँको सचिवालयले जनाएको छ । ओलीको रगत परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । उहाँले अहिले सरकारी निवास बालुवाटारमै आराम गरिरहनुभएको छ । आज प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको सचिवालयले जनाएको छ । उहाँलाई थप अफ्ठेरो भएमा अस्पताल भर्ना गर्ने तयारी छ ।
Source : https://ujyaaloonline.com/story/108507/2024/11/5/prime-minister-kp-oli-sick