प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदै

काठमाण्डौ – इङ्गिलस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । बेलुका सवा ७ बजे क्रिष्टल प्यालेस र टोटनहम, चेल्सी र न्युक्यासल तथा वेस्टहम र म्यानचेस्टर युनाइटेड खेल्दैछन् । आजै राति सवा १० बजे आर्सलन र लिभरपुलले खेल्दैछन् । आर्सनललाई हराएमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्ष स्थानमा पुग्नेछ । गएरातिको खेल जित्दै सिटी नौ खेलमा २३ अङ्कका साथ शीर्ष स्थानमा पुगेको छ । 

Source : https://ujyaaloonline.com/story/108215/2024/10/27/four-matches-in-premier-league-football