बीपी राजमार्ग फेरि बन्द : पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो, दुई वटा गाडीमा क्षति
काठमाण्डौ – बीपी राजमार्गको काभ्रे रोशी गाउँपालिका पिप्लेखण्डमा ठूलो सुक्खा पहिरो खसेको छ । लामो प्रयासपछि मर्मत गरी १४ दिनपछि खुलेको सडकमा फेरि पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार पहिरोले दुई वटा गाडीमा क्षति पुर्‍याएकाे छ। तर मानविय क्षति भने भएको छैन । एउटा खाली बस र अर्को खोटाङबाट काठमाण्डौका लागि छुटेको गाडीमा सुक्खा पहिरोले क्षति गरेको हो । ठूलो सक्खा पहिरो खसेकाले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको खड्काले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि वि...
Source : https://ujyaaloonline.com/story/107677/2024/10/11/bp-highway-closed-again-large-dry-landslide