बीपी राजमार्गको पिप्ले खण्डमा पहिरो पन्छाउन अझै केही समय लाग्ने

काठमाण्डौ – बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्ले खण्डमा पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ । ठूलो सुक्खा पहिरोले अवरुद्ध भएको काभ्रेको रोशी गाउँपालिका पिप्लेखण्डमा अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । लामो प्रयासपछि मर्मत गरेर १४ दिनपछि आज बिहान खुलेको सडकमा फेरि पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले पहिरोले पुरिएको गाडी निकालिएको जानकारी दिनुभयो । पहिरोले गाडीमा क्षति पुगे पनि मानविय क्षति भने हुन पाएको छैन । अझै पनि एउटा बस र स्काभेटर पहिरोले ...

Source : https://ujyaaloonline.com/story/107683/2024/10/11/it-will-take-time-to-clear-the-bp-highway-landslid