बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध

काठमाण्डौ – १४ दिनपछि आज बिहान खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । बिहान केहीबेर खुलेको सडक ठूलो पहिरो आएपछि फेरि बन्द भएको थियो । दिउँसो केहीबेर सडक एकतर्फी खुलाएर रोकिएका गाडी पार गराए पनि सुक्खा पहिरो झर्ने क्रम नरोकिएकाले अहिले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिनु भयो । सडक माथिबाट सुक्खा पहिरो झरीरहेकाले यो सडकबाट जोखिमपूर्ण यात्रा नग...

Source : https://ujyaaloonline.com/story/107690/2024/10/11/bp-highway-travel-uncertain-