मर्दी हिमाल आरोहणका क्रममा बेपत्ता भएका पथप्रदर्शकको शव फेला

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक लालबहादुर तामाङको शव भेटिएको छ । मर्दी आरोहणका लागि काठमाण्डौको सनराइज कम्पनीबाट एक विदेशी र सहयोगीका रूपमा गएका चार नेपाली यही कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए । यही क्रममा नुवाकोटका ६२ वर्षीय तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन हुनुभएको थियो । तामाङको खोजीका लागि गएको उद्धार टोलीले मर्दीको पाँच हजार तीन सय मिटर उचाइमा तामाङको शव फेला पारेर राति पुनः मर्दी आधार शिविर फ...

Source : https://ujyaaloonline.com/story/108793/2024/11/13/body-of-missing-guide-found-while-climbing-mardi-