मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू
महोत्तरी – प्राचीन मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व शुरू भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिएकाे छ । दशैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुई वटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्त्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै ...
Source : https://ujyaaloonline.com/story/107390/2024/10/3/dussehra-festival-begins-in-mithila-