मिसेस नेपाल वल्र्डको फाइनलका लागि २९ प्रतियोगी चयन

काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ मा अन्तिम प्रतिस्पर्धाको लागि २९ महिला चयन भएका छन् । उनीहरु अडिसनबाट चयन भएका हुन् ।

यो प्रतियोगिताको विजेताले आगामी डिसेम्बरमा अमेरिकामा आयोजना हुने विश्वरभरका विवाहित महिलाको प्रतियोगिता ‘मिसेस वल्र्ड–२०२४’मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छिन् । यस्तै मिसेस नेपाल वल्र्ड २०२४ को मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ ।

यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, सञ्चारकर्मी, नर्स जस्ता विभिन्न पेशामा सक्रिय महिलाहरु सहभागी छन् ।

अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका प्रतियोगीहरुमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, एलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा रहेका छन् ।

अन्तिम स्पर्धाका लागि छानिएका महिलाहरुलाई काठमाडौंमा स्यासिङ समारोहको आयोजना गरी उनीहरुको प्रतियोगिता नम्बर सहितको ‘ट्याग’ प्रदान गरिएको छ । मिसेस नेपाल वल्र्डका प्रतिस्पर्धीहरुले सो समारोहमा आप्mनो परिचय दिएका थिए ।

मिस नेपाल वल्र्ड २०२४ को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले आगामी १० कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने बताए, ‘बिगतझै यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने छन् ।

यस्तै मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनलका बिजेताले यसैवर्ष सिँगापुरमा हुने प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने छन् ।’ यो प्रतियोगिताका प्रतिस्पर्धीहरुलाई अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् ।

The post मिसेस नेपाल वल्र्डको फाइनलका लागि २९ प्रतियोगी चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101149/