मुस्ताङकाे लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति शुरु

म्याग्दी – मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्त्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले गण्डकी प्रदेश सरकारको बजेटबाट लोमान्थाङको प्रवेशद्वारदेखि माटोको पर्खालले घेरिएको सडकलाई ढलान गरेर स्तरोन्नति शुरु गरेको हो । चक्रपथ स्तरोन्नतिका लागि गएको साउन २९ गते तीन करोड २३ लाख १८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएअनुसार निर्माण कम्पनीले सडक ढलानका लागि प्रारम्भिक चरणको काम शुरु गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोकाले जानकार...

Source : https://ujyaaloonline.com/story/106890/2024/9/22/lomanthang-market-roundabout-upgrade-started