तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने

तनहुँ – विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुन लागेको हो । बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताउनुभयो । बन्दीपुरमा अब पर्यटकको याम शुरु हुन लागेकाले व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उहाँको भनाइ छ । गाउँपालिका...

Source : https://ujyaaloonline.com/story/106914/2024/9/22/street-food-festival-in-bandipur