रामेछापमा दुर्घटना अपडेट: वडा सदस्यको मृत्यु, ५  जना घाइते, दुईको अवस्था गम्भीर 

रामेछाप ।

मन्थली नगरपालिका ५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य पदममाया नेपाली रहेको मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए ।

मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेरो गाडी सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा आइतबार दिउँसो २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेमा   मन्थली नगरपालिका ४ की ३४ बर्षिय सिता नेपाली, सोही  स्थानकी २५ बर्षकी सुजिता रसाइली, २४ बर्षकी सरिता नेपाली, ६९ वर्षका दिलिप कुमार बरुवाल र चालक ४२ वर्षका गुण कुमार थापा मगर रहेका छन् ।  चालक मगर र बरुवालको अवस्था गम्भीर रहेको छ । 

उनीहरुको थप उपचारका लागि काठमान्डौँ पठाइएको रामेछाप प्रहरीले जनाएको छ । दुघटनमा परेकी ५ महिनाकी एक नावालिकालाई स्थानीयले सकुशल उदार गरेका छन् । 

Source : https://newsofnepal.com/2024/09/22/669284/