राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् ।

शुक्रवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन् ।

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ ।

वडा दशैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्शाल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो ।

त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी मनाइएको छ ।

Source : https://newsofnepal.com/2024/10/11/673096/