राष्ट्रपति बने भने बलात्कारी आप्रवासीलाई मृत्युदण्डको सजाय दिन्छु : ट्रम्प
वासिङ्टन । आफू दोहोर्याएर राष्ट्रपति बने भने अमेरिकीहरूको बलात्कार र हत्या गर्ने आप्रवासीलाई मृत्युदण्डको सजाय दिने डोनाल्ड ट्रम्पले बताएका छन् । शुक्रबार अमेरिकाको कोलोराडोमा एउटा चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यस्तो बताएका हुन् ।