लेबनानमा शान्ति सैनिकमाथि गोली नचलाउन इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली नचलाउन इजरायलसँग आग्रह गर्नुभएको छ । लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा इजरायलले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएको एक दिनपछि राष्ट्रपति बाइडेनले यस्तो नगर्न आग्रह गर्नुभएको हो । पछिल्लो ४८ घण्टामा लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएका दुई घटना भएका छन् । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) का दुई जना श्रीलङ्काली सैनिक गोलीबारीका क्रममा घाइते भएका छन् । इजरायली सेना (आईडीएफ) ले घटनाको लागि आफ्...

Source : https://ujyaaloonline.com/story/107707/2024/10/12/us-president-biden-urges-israel-not-to-fire-lebnan