शेयर बजार सामान्य बढ्यो, कारोबार रकम ४ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८५ अङ्कले बढेर दुई हजार ६ सय ६८ दशमलव १७ विन्दुमा पुगेको छ । आज विकास बैंक, लगानी, जीवन बीमा र व्यावार बाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ । हिजो चार अर्ब ५९ करोडभन्दा धेरैको क...

Source : https://ujyaaloonline.com/story/107629/2024/10/9/share-market-raised-by-4-points