शेयर बजार २७ अङ्कले बढ्यो, ५ अर्ब ३४ करोड रुपैयाँको कारोबार
काठमाण्डाै – हिजो नौ अङ्कले घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । आज तीन सय सात वटा कम्पनीका एक करोड च...
Source : https://ujyaaloonline.com/story/108265/2024/10/28/share-market-raised-by-27-points