श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपतिमा निर्वाचित

श्रीलङ्काको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । दोस्रो चरणको मतगणनापछि उहाँ हिजो बेलुका राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । पहिलो चरणको मतगणनामा पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए । चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो । ...

Source : https://ujyaaloonline.com/story/106916/2024/9/23/leftist-leader-dissanayake-elected-president-