सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने युवा पक्राउ

बिराटनगर । सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने एक युवा पक्राउ परेका छन् प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको टोलीले जिल्ला संखुवासभाको सभापोखरी गाँउपालिका वडा नम्वर-२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जिवन भन्ने युवराज कार्कीलाई पक्राउ गरेको हो।

निज कार्कीले लंखुवा खोलाको झोलुङ्गे पुलस्थित एक स्थानीय महिलालाई बाटो छेकी हातपात गर्न खोजेको अभियोगमा पक्राउ गरीएकोको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।

उनी उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक जबेगुले बताए। यस्तै,मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने खाँदबारी नगरपालिका वडा नं.-६ बस्ने बर्ष २२ को चुडामणी चौलागाँईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रदेश नं.१-०२-००३ त १५३३ नम्बरको ट्याक्टर लापर्वाहीपूर्वक तिब्र गतिमा चलाई ल्याएको देखि रोकी सवारी चालक अनुमति पत्र माग गर्दा निजसंग सवारी चालक अनुमति पत्र नभएको र मादक पदार्थ समेत सेवन गरी सवारी साधन चलाएको पाईएको हुँदा अनुसन्धानको लागि ट्याक्टर चालकलाई नियन्त्रणमा लिई निज उपर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

The post सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने युवा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95145/