सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व डीआईजी जोशीलाई कास्की लगियो

काठमाण्डौ – सहकारी बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले कास्की पुर्‍याएको छ । जोशीलाई हिजो काठमाण्डौबाट पक्राउ गरेलगत्तै प्रहरीले पोखरा लगेको हो । जोशीलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराउने तयारी छ । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शंखमुलबाट पक्राउ गरेको थियो । सहकारीको रकम दुरुपयोग सम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन...

Source : https://ujyaaloonline.com/story/106919/2024/9/23/arrested-former-dig-joshi-was-taken-to-kaski-