सिंघम अगेन र भूल भुलैया ३ सय करोड क्लबमा
काठमाडौँ । बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । दुवै फिल्म रिलिजको तेस्रो दिनमा सय करोड क्लबमा प्रवेश गरेका हुन् । शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका थिए ।
तीन दिनमा अजय देवगनको फिल्म सिंघम अगेनले १२१ करोड कमाई गरेको छ । यस फिल्मले पहिलो दिन ४३.५ करोड कमाएको थियो भने दोस्रो दिन ४२.५ र तेस्रो दिन आइतबार ३५ करोड कमाएको छ । ३५० करोडको लागतमा बनेको यो फिल्मलाई नाफा कमाउन मुश्किल हुने विश्लेषण गरिएको छ । फिल्मको पहिलो दिनको तुलानामा कमाई घट्दै गएकाले यस्तो विश्लेषण गरिएको बताइएको छ ।
त्यस्तै कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया ३ ले तीन दिनमा १०६ करोड कमाई गरेको छ । यस फिल्मले पहिलो दिन ३५.५ करोड कमाई गरेको थियो भने दोस्रो दिन ३७ करोड र तेस्रो दिन ३३.५ करोड कमाई गरेको छ । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बन्ने देखिएको छ ।
सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया ३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।
The post सिंघम अगेन र भूल भुलैया ३ सय करोड क्लबमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103188/