सिटी एक्सप्रेस बन्यो रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।
कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस-२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको हो ।
आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिट्यान्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।
Source : https://arthasarokar.com/2024/11/city-express-became-the-highest-paying-company-in-remittances.html