सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

Source : https://newsofnepal.com/2024/09/23/669460/