५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनिया बाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्दा उनले बोकेको नाइलनको झोलामा ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद भएको थियो ।
बरामद रुपैयाँ मोटरसाईकल सहित भारतीय नागरिक चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
The post ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ appeared first on Janakpur Today.