अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न संसदमा विधेयक पेश

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्नका लागि संसद्मा विधेयक पेश भएको छ । १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने विधेयक संसद्को तल्लो सदनमा पेश भएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजले यो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम, एक्स र इन्स्टाग्राममा लागू हुने बताउनुभएको छ । उहाँले यो प्रतिबन्ध बालबालिकालाई सामाजिक सञ्जालको हानिबाट बचाउनका लागि भएको बताउनुभयो । अस्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धका लागि एउटा रूपरेखा प्रदान गर्नेछ । यो १७ पृष्ठको द...

Source : https://ujyaaloonline.com/story/109088/2024/11/21/keep-children-away-from-social-media-in-australia