इजरायली आक्रमणबाट गाजाको उत्तरी क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ७० जना पुग्यो

विद्रोही समूह हमासविरुद्ध इजरायली सेनाले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा अहिलेसम्म सात सय ७० जना भन्दा धेरै मानिसको ज्यान गएको छ । हमासले अघिल्लो वर्ष सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले गाजामा आक्रमण शुरु गरेको थियो । गाजाको उत्तरी भागमा अझै दशौँ हजार नागरिक फसेका बीबीसीले जनाएको छ । त्यहाँ इजरायलले यस महिनाको शुरुदेखि सैन्य कारबाही थालेर हमासमाथि दबाब कायम राखेको खबरमा उल्लेख छ । आक्रमणका कारण बनेका भग्नावशेषमुनि मानिसहरू अझै पुरिएका हुनाले ...

Source : https://ujyaaloonline.com/story/108151/2024/10/25/death-toll-from-israeli-attack-in-gaza-reached-770