एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण

म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा तीन वटा पुल एकैसाथ निर्माण भएका छन् । निर्माण भएकामध्ये एउटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल हुन् । शिखको पोखरेबगर–पाउद्वार सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–५ र ६ मा पर्ने घारखोलामा सङ्घीय सरकारको तीन करोड ४८ लाख रुपैयाँको लागतमा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । यसैगरी शिखको निरवाङ र किन्द जोड्ने तीन सय ४४ दशमलव आठ मिटर लामो झोलुङ्गे पुल पनि सङ्घीय सरकारकै बजेटमा निर्माण भएको हो । पुलबाट शिख, किन्दु, धोस्केखोरिया, घिरवाङ र प...

Source : https://ujyaaloonline.com/story/108085/2024/10/23/construction-of-3-bridges-in-the-same-ward