कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा अनुत्तीर्ण

काठमाण्डाै – कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै लेखा विषयमा २४ हजार जनाले परीक्षा दिएकामा आठ हजार तीन सय १५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेका बोर्डले जनाएको छ । एक लाख २२ हजार एक सय ७१ जन...

Source : https://ujyaaloonline.com/story/108013/2024/10/21/too-many-failed-in-eng-in-class-12-chance-exam