काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै गएको छ । आज काठमाण्डौ विश्वको नवौं प्रदूषित शहर बनेको छ । काठमाण्डौको एअर क्वालिटी इन्डेक्स एक्यूआई १ सय ८० पुगेको छ । हाँडीगाउँमा भने एक्वूआई १ सय ८८ सम्म पुगेको छ । चितवनको मेघौलीमा वायु प्रदूषण अति अस्वस्थ अवस्थामा पुगेको छ । मेघौलीको एक्यूआई २ सय २८ पुगेको छ । १५० सम्मको एक्यूआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ । भारतमा प्रदूषण बढिरहेकोले अब नेपालमा पनि त्यसको असर बढ्दै जाने द...

Source : https://ujyaaloonline.com/story/109279/2024/11/26/air-pollution-is-increasing-in-various-cities-