काम सपार्न नखोज्नेहरूको जमघटमा गफ : त्यसैले देश बिग्रियो !

छिमेकीको बिहेमा जन्त गएकाहरूको भात खाएपछि काम भएन । कोही तास खेल्न व्यस्त भए, कोही गफमा । ‘खसी चाहिँ लोकल नै रैछ, मासु निकै स्वादिलो भयो’, एक जनाले दाँत कोट्याउँदै गफ झिके । ‘गाउँमा बसेर यसैगरी खसीबोका, कुखुरा पाल्ने हो किन विदेश गैरहन पर्‍याे, यहीँ बसेरै विदेशको जति कमाउन सकिहाल्छ नि’, अर्कोले थपे । ‘तर के गर्नु देशमा गरेर खाने राजनीतिक वातावरण नै छैन । सबै स्वार्थी, मतलबी, कामचोर र भ्रष्टाचारी मात्रै छन्’, अर्कोले मासुको स्वादलाई राजनीतिको बेस्वादसम्म जोड्न खोजे ।...

Source : https://ujyaaloonline.com/story/109198/2024/11/24/everyone-worries-that-the-country-is-deteriorating