कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत

समाचार सुन्नुहोस : 

काठमाडौँ – कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जाले सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु चढेर कीर्तिमान कायम गर्न सफल भएका छन् । कीर्तिमान कायम गर्न सफल भएपश्चात नेपाल आएका पूर्जालाई नेपालीहरुले भव्यताका साथ स्वागत गरेका छन् । उनले १८९ दिन अर्थात् ७ महिनाभन्दा कम अवधिमा यी हिमालहरू चढेर यो असाधारण उपलब्धि हासिल गरेका हुन्।

शुक्रबार उनी नेपाल आएका हुन् । कीर्तिमान कायम गर्न सफल भएपश्चात नेपाल आएका पूर्जालाई नेपालीहरुले भव्यताका साथ स्वागत गरेका छन् । उनले नेपाललाई विश्वभर चिनाउन पाएकोमा गर्व गर्दै, भविष्यमा अझै ठूला काम गर्न सबैको साथको आवश्यकता रहेको बताएका छन् ।

पूर्जाले सगरमाथा, ल्होत्से र मकालु हिमालहरू ४८ घण्टाभित्र आरोहण गरेर आफ्नो साहस प्रदर्शन गरेका छन्। उनले ८ हजार मिटरभन्दा अग्ला हिमालहरू दुईपटक, अक्सिजनसहित र अक्सिजनबिना गरेर, सफलतापूर्वक आरोहण गरेका हुन्। उनी प्रत्येक सातवटा महादेशका सबैभन्दा अग्ला हिमालहरू अक्सिजनसहित र बिना अक्सिजन चढ्ने पहिलो व्यक्ति हुन्। जसले उनलाई थप पहिचान दिलाएको छ।

The post कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा काठमाडौंमा, विमानस्थलमा भव्य स्वागत appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493876/



Related Posts