कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौँ । हाइड्रोपावरमध्ये सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
Source : https://arthasarokar.com/2024/11/dividend-declaration-of-kutheli-bukhari-small-hydropower.html