कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण

मुख्यमन्त्री सतीशकुमार सिंहले मैथिली विकास कोषको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।

जनकपुरधाममा बिहीबार सो भवनको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले भवनबारे जानकारीसमेत लिएका थिए । सो निर्माणाधीन भवनको बारेमा कोषका अध्यक्ष जीवनाथ चौधरीले मुख्यमन्त्री सिंहलाई विस्तृत रुपमा जानकारी गराएका थिए । मधेश प्रदेश सरकारको सात करोड रुपैयाँ लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माणाधीन भवनमा सांस्कृतिक संग्राहालय, पुस्तकालय, मिथिला लोकचित्रकला प्रशिक्षण केन्द्र, कला प्रदर्शनी कक्ष, श्रव्यदृश्य कार्यसम्पादन कक्ष, सेमिनार हललगायतको व्यवस्था रहने कोषका अध्यक्ष चौधरीले बताए ।

The post कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/18/99937/