खाल्सा क्षेत्रमा पापानी चाड शुरू
धनकुटा – धनकुटाको शहीदभूमि गाउँपालिकाकाे खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका राई जातिको पापानी चाड शुरू भएको छ । स्थानीय राई जातिले नयाँ बाली भित्र्याउने खुशीयालीमा पापानी चाड मनाउने गर्दछन् । राईहरूले स्थानीय बाजागाजासहित नाचगान तथा इष्ट देवताको पूजाआराधना गरी यो पर्व मनाउने गर्दछन् । कार्तिक शुक्लपूर्णिमापछिकाे पहिलाे मङ्गलवारदेखि शहीदभूमि गाउँपालिका–३ काे साकेन्वा थानमा जम्मा भएर पूजा गरी यो पर्व मनाउन शुरू गरिन्छ । नयाँ बाली भित्र्याएको खुशीयालीमा ६ दिन, ६ रातसम्म नाचगान गरी एकआपसमा खुशीया...
Source : https://ujyaaloonline.com/story/109260/2024/11/25/papani-festival-starts-in-khalsa-area