कार र बोलेरो ठोकिएर दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु 

सिन्धुली।

 सिन्धुलीको मरिण गाउँपालिकामा कार र बोलेरो ठोक्किएर दुर्घटना हुँदा एक वृद्ध महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मरिण गाउँपालिका वडा नम्बर ७ देउजोरका ७६ बर्षिया बुद्धलक्ष्मी श्रेष्ठ रहेका छन् । 

मदन भण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका वडा नम्बर ७ देउजोरमा नारायणगढबाट बिराटनगरतर्फ आउदै गरेको बा ७ च ७५५४ नम्बरको कार र सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १६२३ नम्बरको बोलेरो एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

 कारसँग ठोकिएर पल्टिएको बोलेरोले सडक पेटीमा बसिरहेको बेला ठक्कर दिदा श्रेष्ठ गम्भिर घाइते भएकी थिइन् । उपचारको लागि जिल्ला अस्पताल ल्याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिए । 

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार कारमा सवार ३ जना मानिसहरू सामान्य घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भईरहेको छ । बोलेरो, बलेरो चालक चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ का पृतम परियारले, कार र कार चालक मोरङको विराटनगर नगरपालिका वडा नं. १२ का बर्ष ६४ का ओम बहादुर अर्जाल प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतक बुद्धलक्ष्मी नेकपा(माओवादी केन्द) बागमती प्रदेश कमिटीका सहसचिव प्रकाश श्रेष्ठका आमा हुन् । 

Source : https://newsofnepal.com/2024/11/25/680027/