गण्डकीमै पहिलो पटक एआई एक्सरे मेशिन सञ्चालनमा
कास्की – गण्डकी प्रदेश सरकारले कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टिलिजेन्स' (एआई) एक्सरे मेशिन सञ्चालनमा ल्याएको छ । छातीसम्बन्धी रोगको समस्या पहिचान र उपचारका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बाग्लुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ काे रिघामा स्वास्थ्य चौकीमा एआई एक्सरे मेशिनको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुभारम्भ गर्नुभयो । क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख रुपैयाँ खर्च गरी एआई एक्सरे मेशिन खरिद गरेको हो । क्षयरोगलागायतका छातीस...
Source : https://ujyaaloonline.com/story/109286/2024/11/26/ai-x-ray-machine-for-the-first-time-in-gandaki